मस्को, २३ भदौ । रूसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रूसी सेना रणनीतिक शहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ ।
सेनाले पोक्रोभ्स्क शहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने ‘नोवोरोडिभ्का क्षेत्रलाई ‘मुक्त गराएको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२२ को फेब्रुअरीमा रूसी आक्रमण सुरु हुनुअघि यस नगरका १४ हजारभन्दा बढी बासिन्दा रहेको सरकारी तथ्याङ्कले देखाएको छ।
रूसी सैनिकहरू अब रसदका लागि महत्वपूर्ण मानिने पोक्रोभ्स्कको नजिकै अघि बढिरहेका छन् ।
अगष्ट ६ मा कुस्र्क क्षेत्रमा युक्रेनले अचानक सीमापार आक्रमण गरे तापनि मस्कोले डोनेट्स्कमा निरन्तर आफ्नो पकड जमाइराखेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० महिना लामो युद्धपछि आफ्नो मुख्य उद्देश्य डोनेट्स्कसहित पूर्वी डोनबास क्षेत्र कब्जा गर्नु रहेको बताएको छ । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच