मन्त्रिपरिषद्‌मा प्रदीप पौडेलको वरीयता घटाइयो

मन्त्रिपरिषद्‌मा प्रदीप पौडेलको वरीयता घटाइयो

अर्थ चौतारी

मन्त्रिपरिषद्‌मा प्रदीप पौडेलको वरीयता घटाइयो

A A- A+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ कायम गरिएको छ ।

हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे छन् । मन्त्री पाण्डे यसअघि १६औँ वरीयताक्रममा छन् । मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ । अरू मन्त्रीको वरीयताक्रम यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?