अवैध चाँदी प्रहरीद्वारा बरामद

अवैध चाँदी प्रहरीद्वारा बरामद

अर्थ चौतारी

अवैध चाँदी प्रहरीद्वारा बरामद

A A- A+

काठमाडौँ । नेपाल प्रहरीले बसको क्याबिनमा फेला परेको अवैध चाँदी बरामद गरेको छ । मंगलबार साँझ ५ः३० बजे प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बा प्र ३२५६ नम्बरको यात्रु बाहक बसमा फेला परेको चाँदी बरामद गरेको हो ।

चेक जाँच गर्दा बसको क्याभिनभित्र सिट मुनि बेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शङ्कास्पद लागि खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने रेडिमेट गहना फेला परेको हो । बरामद दश लाख असि हजार बराबरको अन्दाजी ६ किलो चाँदीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?