चलचित्र विकास बोर्डको बेरुजु फर्छ्योट ९३ प्रतिशत, अहिलेसम्मकै उच्च

चलचित्र विकास बोर्डको बेरुजु फर्छ्योट ९३ प्रतिशत, अहिलेसम्मकै उच्च

अर्थ चौतारी

चलचित्र विकास बोर्डको बेरुजु फर्छ्योट ९३ प्रतिशत, अहिलेसम्मकै उच्च

A A- A+

काठमाडौं । चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षको बेरुजु फर्छ्योटमा कीर्तिमान रचेको छ । तालुकदार निकाय संचार तथा सूचना प्रविधि मन्त्रालयमा आइताबर बुझाइएको वार्षिक प्रगति विवरणमा बोर्डले ९३ प्रतिशत बेरुजु फर्छ्योट गरेको उल्लेख छ ।

यो तथ्यांकले बोर्डले विगतमा देखिएको बेरुजु रकम व्यवस्थापन तथा पारदर्शितामा उल्लेखनीय सुधार गर्दै आर्थिक अनुशासनमा जोड दिएको देखिएको छ । ‘यस कदमले संस्थागत विश्वसनीयता बढाउनुका साथै अन्य सरकारी निकायहरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास बढाएको छ’ बोर्ड अध्यक्ष दिनेश डीसीले भने, ‘यो उपलब्धि चलचित्र क्षेत्रप्रतिको प्रतिबद्धता मात्र होइन, सुशासन र जवाफदेहिताको प्रतिविम्ब पनि हो ।’

बोर्डले सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष डीसीले बताए । अघिल्ला आर्थिक वर्षको बेरुजु फछ्र्योट ५० प्रतिशतभन्दा तल हुने गरेपनि यसपटक भने दोब्बर अंकमा सुधार आएको जनाइएको छ । बोर्डले हालै संचालनमा ल्याएको अनलाइन सेवा प्रवाहले सुशासनलाई थप बल पुग्ने विश्वास लिएको बोर्ड अध्यक्ष डीसीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?