काठमाडौँ। डोटीमा चट्याङमा परी मृत्यु भएकाको परिवारलाई राहत दिईने भएको छ।
बुधवार राती चट्याङमा परेर मृत्यु भएकाको परिवारलाई सायल गाउँपालिकाले राहत दिने घोषणा गरेको छ। चट्याङ लागेर मृत्यु भएकी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षिया कमला नागरीको परिवारलाई राहत स्वरुप ५० हजार दिने घोषणा गरेको हो। चट्याङ लागेर कमलाले ज्यान गुमाउनु परेको थियो भने उनका छोराछोरीसहित ७ जना घाईते भएका थिए।
गाउँपालिका अध्यक्ष धर्म जोशीले यथाशीघ्र कार्यपालिकाबाट निर्णय गराइ राहत रकम उपलब्ध गराइने बताए। आमा कमलाको मृत्यु भएपछि ३ महिने शिशु सहित ५ बालबालिका अलपत्र परेका छन्। उनीहरू समेत चट्याङ लागेर सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच