२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर

२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर

अर्थ चौतारी

२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर

A A- A+

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल घर संख्या ७५ लाख ५२ हजार ६७ छ । जसमध्ये ४१.९ प्रतिशत अर्थात् झन्डै ३२ लाख घर २०७२ सालपछि निर्माण भएका हुन् ।

७ चैत, काठमाडौं । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि नयाँ घर–भवन निर्माणले उल्लेख्य गति लिएको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ का विभिन्न प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ल्याएको आवास र घरपरिवार गतिशीलता सम्बन्धी तथ्यांकले विनाशकारी भूकम्पपछि देशभरि नयाँ घर निर्माणमा तीव्रता आएको देखाएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल घर संख्या ७५ लाख ५२ हजार ६७ छ । जसमध्ये ४१.९ प्रतिशत अर्थात् झन्डै ३२ लाख घर २०७२ सालपछि निर्माण भएका हुन् ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षणबाट भूकम्पका कारण देशभरि १० लाख ३७ हजार २ सय ९१ घरमा असर परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?