हरर चलचित्र ‘ममी’ को ट्रेलर आज सार्वजनिक हुँदै

हरर चलचित्र ‘ममी’ को ट्रेलर आज सार्वजनिक हुँदै

अर्थ चौतारी

हरर चलचित्र ‘ममी’ को ट्रेलर आज सार्वजनिक हुँदै

A A- A+

अमीर के.सी,काठमाडौं :- नेपाली चलचित्र क्षेत्रमा हरर विधामा नयाँ प्रयोग गर्दै निर्माण गरिएको चलचित्र ‘ममी’ को ट्रेलर आज सार्वजनिक हुँदैछ। निर्देशक समर निरौलाको डेब्यु निर्देशन रहेको यस चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला,गीत विष्ट, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, र रिना ढकाल लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

रहस्यमय कथा: कालो बिरालोसँग जोडिएको त्रासदी

चलचित्रको कथा एउटा परिवारको वरिपरि घुम्छ, जसले आफ्नो कुकुरको निधनपछि कालो बिरालोलाई घरमा ल्याउँछ। त्यसपछि उनीहरूको जीवनमा अकल्पनीय घटनाहरू घट्न थाल्छन्, जसले रहस्य र त्रासको वातावरण सिर्जना गर्छ। निर्देशक समर निरौलाका अनुसार, ‘ममी’ ले नेपाली हरर चलचित्रको परिभाषा बदल्ने प्रयास गरेको छ।

प्रियंका कार्की र दीया मास्केको विशेष भूमिका:-

चलचित्रमा प्रियंका कार्की र दीया मास्के को विशेष भूमिका रहेको छ, जसले ट्रेलरमा दर्शकलाई त्रास र रहस्यको अनुभूति गराउने अपेक्षा गरिएको छ। यसअघि सार्वजनिक ‘म त यसै नक्कली’ बोलको गीतले दर्शकको राम्रो प्रतिक्रिया पाइसकेको छ।

माघ २५ बाट प्रदर्शनमा

नेपालमा कम बनाइने हरर चलचित्रमध्ये ‘ममी’ ले नयाँ शैली प्रस्तुत गर्ने दाबी गरिएको छ। माघ २५ गतेदेखि यो चलचित्र देशभरका हलहरूमा प्रदर्शन हुनेछ। ट्रेलर सार्वजनिक भएसँगै दर्शकको कस्तो प्रतिक्रिया आउँछ, त्यो हेर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?