सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन

सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन

अर्थ चौतारी

सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा ...

A A- A+

काठमाडौं- फिल्म ‘के घर के डेरा’ को दोस्रो सिक्वेल ‘घर नम्बर २’ को छायाङ्कन पूरा भएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले २५ दिनमा छायाङ्कनको काम पूरा भएको जानकारी दिएका हुन् ।

निर्देशक खनालले सार्वजनिक गरेको इन्ड क्ल्याप समारोहको तस्बिरमा फिल्मका शीर्ष कलाकार नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी लगायतलाई देख्न सकिन्छ ।

खनालले छायाङ्कनमा सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन् । यस फिल्मको छायाङ्कन काठमाडौं आसपासकै क्षेत्रमा गरेको बुझिएको छ ।

यो फिल्मको निर्माण पक्ष गत साउन २५ गते छायाङ्कनमा निस्किएको थियो । फिल्ममा आर्यन र उपासनासहित निश्चल बस्नेत, खगेन्द्र लामिछाने र केकी अधिकारी शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यसअघि नै फिल्मको प्रदर्शन मिति माघ ११ गतेलाई तोकिएको छ । सोसल ड्रामा जनरामा बन्ने यस फिल्मको लेखक बुद्धिसागर हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा बन्ने यस फिल्मका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?