काठमाडौं । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले बंगलादेश छाडेका हुन् । उनीहरुले नेपाल प्रस्थान गरेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो । गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ भने बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ । इन्टरनेट सेवा बन्द गरिएको छ । यस अगाडि ढाकास्थित नेपाली राजदूतावासले साह्रोगाह्रो परेकालाई सहयोग गर्न एक सूचना प्रकाशन गरेर नम्बर सार्वजनिक गरेको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच