क्यालिफोर्निया – अमेरिकाको लस एन्जलसमा डढेलोको प्रकोप अझ बढेको छ। १० आर्कबाट सुरु भएको डढेलो बढेर २९ सय आर्कसम्म फैलिएको छ।
अग्नि नियन्त्रण प्रमुख क्रिस्चियन क्रोलीका अनुसार ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको छ। १३ हजार भवन अहिले खतरामा छन्।
लाखौँ क्यालिफोर्नियावासी अहिले डढेलोका कारण अत्तालिइरहेका छन्। एन्जलस राष्ट्रिय जङ्गलको छेवैमा रहेको अल्टाडेनाको झाडीबाट भर्खरै आगलागी सुरु भएको छ।
विस्थापित हुनेमा देशका नाम चलेका सेलिब्रेटी समेत छन्। अभिनेता एयुगेन लेभी र जेम्स उड पनि विस्थापित भएका छन्। जङ्गलमा हुरी बतास पनि चलिरहेको जनाइएको छ। ११५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेपछि डढेलोको जोखिम अझ बस्तीसम्म बढेको हो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच