काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले दुई वटा नयाँ स्मार्टवाच लन्च गरेको छ । कम्पनीले पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सामसङ ग्यालेक्सी वाच सेभेन र ग्यालेक्सी वाच अल्ट्रा लन्च गरेको हो । कम्पनीले पहिलो पटक ग्यालेक्सी वाच सिरिजमा अल्ट्रा मोडल ल्याएको छ । ग्यालेक्सी वाच सेभेन ४० एमएम र ४४ एमएम गरी दुई साइजमा छन् । यी घडीको सुरुवाती मूल्य २९९ डलर रहेको छ । अल्ट्रा भने ४७ एमएममा मात्रै उपलब्ध छ । यसको मूल्य ६४९ डलर तोकिएको छ । दुबै स्मार्टवाचमा एलटीई र ब्लूटूथ ५.३ सपोर्ट दिइएको छ । जुलाई १० देखि नै यिनीहरूको प्रि–अर्डर खुला गरिएको छ । यसको विक्री जुलाई २४ देखि शुरु हुने बताइएको छ ।
सामसङ ग्यालेक्सी वाच सेभेनको स्पेशिफिकेशन
सामसङ ग्यालेक्सी वाच अल्ट्राको स्पेशिफिकेशन
सामसङ ग्यालेक्सी वाच अल्ट्रा भने एउटै साइजमा मात्रै ल्याइएको छ । ४७ एमएमको यस घडीको तौल ६० दशमलव ५ ग्राम रहेको छ । यसमा टाइटेनियम ग्रेड फ्रेम छ भने १.५ इञ्चको सुपर एमोलेड आलवेज अन स्क्रीन छ । यसको पीक ब्राइटनेश ३ हजार निट्सको छ । पानी नछिरोस् भनेर घडीमा १०एटीएम रेटिङ हालिएको छ । यसमा ५९० एमएएचको ब्याट्री छ । घडीले डब्ल्यूपीसीमा आधारित वायरलेस फाष्ट चार्जिङ्ग सपोर्ट गर्छ । पावर सेभिङ मोडमा यो ब्याट्री सय घन्टासम्म चल्ने दाबी कम्पनीको छ । घडीमा कयौं स्पोर्ट्स मोडको साथमा इमर्जेन्सी साइरन पनि छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच