विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयोगको निर्देशन

विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयोगको निर्देशन

अर्थ चौतारी

विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयोगको ...

A A- A+

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्य विभिन्न जिम्मेवार तहमा फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका विवादित व्यक्तिहरुलाई नियुक्ति सिफारिस र नियुक्ति गर्ने क्रम रहेको देखिएको भन्दै आयोगले बुधबार यस्तो निर्देशन दिएको हो ।

हालै संवैधानिक परिषद्ले यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ भने बुधबार मात्रै लुम्बिनीमा ज्यान मार्ने अभियोग लागेका नेपाली कांग्रेसका नेता बादशाह कुर्मीलाई मन्त्री बनेका छन् ।

आयोगले राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरु सामाजिक रुपमा स्वच्छ छवि भएको, विवादरहित, उच्च नैतिक चरित्र भएको र कानूनी रुपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्दछ भन्ने लोकतन्त्रको आधारभूत मान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारको विषय भएको स्मरण गराएको छ ।

‘पदीय जिम्मेवारी अनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्यतम व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्नुपर्दछ भनी सर्वोच्च अदालतबाट (ने.का.प. २०७३ फागुन, भाग ५८, निर्णय नं. ९७१०) मा परमादेश समेत जारी भएको छ । सामाजिक र कानूनी रुपमा विवादित व्यक्तिहरुलाई नियुक्त गर्ने कार्य कानूनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आमनागरिकको भरोसा समेत टुट्न जान्छ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमापार्फत् भनेका छन्, ‘लोकतन्त्रको भावना र संविधानको मर्म विपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरुलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न÷नगराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?