यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

अर्थ चौतारी

यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

A A- A+

काठमाडौं । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ ।

 

आठबिसकोट नगरपालिका( ४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको हो ।

 

वडाध्यक्ष नरसिं विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी भएकी थिइन् । उनको साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै उहाँको मृत्यु भएको हो ।

 

जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गर्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?