सर्वेन्द्र खनालले छाडे एमाले, भीम रावलको अभियानमा जोडिने चर्चा

सर्वेन्द्र खनालले छाडे एमाले, भीम रावलको अभियानमा जोडिने चर्चा

अर्थ चौतारी

सर्वेन्द्र खनालले छाडे एमाले, भीम रावलको अभियानमा जोडिने चर्चा

A A- A+

काठमाडौं– सर्वेन्द्र खनालले नेकपा एमाले छाडेका छन्। नेपाल प्रहरीका पूर्वप्रमुख समेत रहेका खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै दलसँग आवद्ध नरहेको स्पष्ट पारेका हुन्।

उनले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’

खनाललाई ५ असोज २०७९ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए। खनालको यो घोषणा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि आएको हो। नेता रावललाई एमालेले यहीँ पुस दश गतेबाट पार्टी सदस्य नरहनेगरी कारबाही गरेको थियो। त्यसपछि रावलले नयाँ दल खोल्ने चर्चा भइरहेको थियो।

तर रावल अहिले ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेर देश दौडाहमा छन्। यसबीच खनाल पनि रावलको अभियानमा जोडिने चर्चा हुन थालेको छ। यसअघि भीम रावलले पनि पूर्व सुरक्षा प्रमुखहरू जोडिने संकेत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?