रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’

अर्थ चौतारी

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’

A A- A+

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा सुतिराखेको भनिएको सिसिटिभी क्यामेरा तस्बिरबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त तस्बिर ‘फेक’ हो या वास्तविक हो भन्ने चर्चा भइरहेका बेला कास्की प्रहरीले तस्बिरबारे अनुसन्धान भइरहेको बताएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले तस्बिरबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘तस्बिर मैले खिचेको हो भनेर एकजना व्यक्तिले सामाजिक सञ्जालमा हाल्नुभएको छ उहाँ बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

तस्बिरबारे रास्वपाका कार्यकर्ता समेत रहेका डाक्टर निकोलस भुसालले तस्बिर आफूले खिचेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?