रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न सकिँदैन

रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न सकिँदैन

अर्थ चौतारी

रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न ...

A A- A+

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले संलग्न सरकारलाई पार्टीले नजिकबाट नियालिरहेको बताएका हुन् ।उनले छिट्टै पार्टीका तर्फबाट सरकारको कामकारबाहीबारे धारणा सार्वजनिक गर्ने पनि जानकारी दिएका छन् । लामिछानले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउनुपर्ने कुरामा कुनै दुईमत नरहेको बताए ।

लामिछानेले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने जानकारी दिए । उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?