कञ्चनपुरमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

कञ्चनपुरमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

अर्थ चौतारी

कञ्चनपुरमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

A A- A+

धनगढी- कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका- २ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो।

घटनास्थल नजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?