झोलुंगे पुलमा फसेका खच्चडको पाँच घन्टा लगाएर उद्धार, दुइटा बचेनन्

झोलुंगे पुलमा फसेका खच्चडको पाँच घन्टा लगाएर उद्धार, दुइटा बचेनन्

अर्थ चौतारी

झोलुंगे पुलमा फसेका खच्चडको पाँच घन्टा लगाएर उद्धार, दुइटा ...

A A- A+

काठमाडौं – कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरिएको छ।जीर्ण भइसकेको झोलुंगे पुलको जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए।८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो।नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा लगिएको थियो।पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन।एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मरेको आठबीस नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज शर्माले बताए।

आइतबार बिहान दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा जोड्ने झोलुंगे पुलमा १३ वटा खच्चड फसेका थिए।

ती खच्चडले सामान बोक्दै आएका थिए। आइतबार पनि अछामबाट चामल लिन दैलेख आउँदै गर्दा जीर्ण भइसकेको पुलमा फसेका थिए।पुलमा खच्चड हिँड्न थालेपछि एकतर्फका लठ्ठा चुडिँदा १३ वडा खच्चड पुलकै जाली अड्केका हुन्। लठ्ठा चुडिँएको भाग कोल्टे परेको छ।पुलमा फसेका खच्चडको उद्धार गर्न अछाम र दैलेखबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

सुरक्षाकर्मीले स्थानीय बासिन्दाको समेत सहयोगमा खच्चड पुलमा फसेको करिब दुई घन्टापछि मात्रै उद्धार सुरू गरेका थिए। खच्चडहरू आइतबार बिहान करिब ९ बजे पुलमा अड्किएका थिए।ती खच्चडहरूको दिउँसो साढे दुई बजे उद्धार सकिएको सुरक्षाकर्मीहरूले जनाएका छन्। पुलमा फसेका खच्चडहरू फरक-फरक व्यापारीका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?