‘पुष्पा २’ ले विश्वभर कमायो १४ सय करोड, तेलुगुभन्दा हिन्दीमा धेरै

‘पुष्पा २’ ले विश्वभर कमायो १४ सय करोड, तेलुगुभन्दा हिन्दीमा धेरै

अर्थ चौतारी

‘पुष्पा २’ ले विश्वभर कमायो १४ सय करोड, तेलुगुभन्दा ...

A A- A+

काठमाडौं । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले सोमबारसम्म विश्वभर एक हजार ५०० करोड भारुको आँकडा पार गर्ने निश्चित छ । फिल्मले ११ दिनसम्म विश्वव्यापी एक हजार ४०० करोड भारु कमाइसकेको छ ।

सोमबार फिल्मको कमाइमा उल्लेखनीय गिरावट देखिएपनि यसको कलेक्सन भारतभर ३० करोड नेट नजिक छ, जुन ऐतिहासिक हो । सुकुमार निर्देशित यो फिल्म डिसेम्बर ५ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो । अहिलेसम्म सर्वाधिक कमाउने सर्वकालीन भारतीय फिल्मको तेस्रो स्थानमा यो फिल्म सूचीकृत भइसकेको छ । ट्रेन्डलाई विश्लेषण गर्ने हो भने फिल्मले तेलुगु संस्करणमा भन्दा हिन्दीमा राम्रो कमाइ गरिरहेको छ । सोमबार भारतमा मात्र फिल्मले २७.७५ करोड भारु कमायो । यो कलेक्सनमा हिन्दी संस्करणको मात्र २१ करोड भारु छ । तेलुगुले ५.४५ करोड भारु र तमिलले एक करोड भारु कमाए ।

१२ दिनसम्म मात्र भारतभर फिल्मले ९२९.९५ करोड भारु कमाएको स्याकनिल्कले जनाएको छ । जसमा हिन्दी संस्करणमा ५७३.१ करोड भारु र तेलुगमा २८७.०७ करोड भारु नेट कलेक्सन भएको छ ।

टिकट बिक्री गर्ने प्लाटफर्म बुकमाई शोमा मात्र फिल्मले १५ मिलियन टिकट बिक्री गरेको छ । ‘टिकट बिक्रीको ट्रेन्ड हेर्दा पान इण्डिया फिल्मको वृद्धि लोभलाग्दो देखिन्छ । ‘पुष्पा २’ बुकमाई शोमा धेरै टिकट बिक्री गर्ने दोस्रो फिल्म बनेको छ । यो प्लाटफर्ममा ‘केजीएफ २’ धेरै टिकट बिक्री गर्ने फिल्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?