काठमाडौं– काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने प्रविधिबाट खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालमा पहिलो पटक उक्त प्रविधिबाट तीन जना बिरामीको घाउ नबनाइन खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको हो । विश्वभरीमा करिब १ लाख मध्ये १ जनालाई ठोस तथा तरल पदार्थ निल्नै गाह्रो हुने समस्या देखिने गरेको अस्पतालले जनाएको छ ।
यसअघि उक्त रोगको उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अव भने घाउ नबनाइन उपचार गर्न सम्भव भएको अस्पतालका मेडिकल निर्देशक डा सविन कोइरालाले जानकारी दिए । खानाको नलीमा हुने रोगका कारण तौल घट्ने, खोकी लागिरहने लगाएका विभिन्न शारीरिक तथा मानसिक समस्या समेत हुने गरेको चिकित्सकहरूले जनाएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच