१ रन जोडेर आउट भए करण, संघर्षमा गुर्खाज

१ रन जोडेर आउट भए करण, संघर्षमा गुर्खाज

अर्थ चौतारी

१ रन जोडेर आउट भए करण, संघर्षमा गुर्खाज

A A- A+

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले सुरुआतमा ब्याटिङ गरिरहेको छ । लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको काठमाडौं रन जोड्न संघर्ष गरिरहेको छ । ताजा अवस्थामा उसले १७ ओभरमा ७ विकेट गुमाएर ८० रन जोडेको छ । काठमाडौंका कप्तान करण केसी १ रनमा आउट भएका छन् ।

उनी सूर्य तामाङको बलमा सन्दिप जोराको हातबाट क्याचआउट भए। ५ बल सामना गरेका करण सस्तैमा समेटिएका हुन्।

प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार व्यहोेरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताको प्लेअफ यात्राबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको लुम्बिनीले त्यसअघिका चार खेलमा भने लगातार हार व्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?