एक साताभित्र देशभर सक्रिय हुँदैछ मनसुन, सावधानी अपनाऔं

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

एक साताभित्र देशभर सक्रिय हुँदैछ मनसुन, सावधानी अपनाऔं

अर्थ चौतारी

एक साताभित्र देशभर सक्रिय हुँदैछ मनसुन, सावधानी अपनाऔं

A A- A+

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस बर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।

विभागकी बरिष्ठ मौसमविद् शान्ति कडेलले बिहीबारबाट देशव्यापी रुपमा बर्षाका गतिविधि बृद्धि हुँदै गएको जानकारी दिए। केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले बताए । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिए ।

कडेलले यस बर्ष देशभर बर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढि मापन हुने सम्भावना देखिएको उल्लेख गरे । उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि सर्वसाधारणहरुले समेत मौसमको जानकारी लिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?