काठमाडौं । इंग्लिस क्लब चेल्सी र स्ट्राइकर कोल पाल्मरबीचको सम्झौता नवीकरण भएको छ । चेल्सीसँग भएको नयाँ सम्झौताअनुसार पाल्मर सन् २०३३ सम्म स्टामफोर्ड ब्रिजमै रहनेछन् ।
चेल्सीले पाल्मरलाई गत वर्ष प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीबाट भित्र्याएको थियो । गत सिजन उनले चेल्सीबाट कुल ३३ प्रिमियर लिग खेलका खेल खेलेका थिए । जसमा उनले २२ गोल गरेका थिए ।
इंग्लिस फरवार्ड पाल्मरले युरोपियन च्याम्पियनसिप २०२४ मा इङ्ल्यान्डलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
पाल्मर प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेयर अफ द इयरका लागि ६ जनाको सर्टलिस्टमा छन् । जसको विजेताको घोषणा अगस्ट २० मा गरिनेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच