आगलागी पीडितलाई तत्काल ५० हजार दिने तयारी

आगलागी पीडितलाई तत्काल ५० हजार दिने तयारी

अर्थ चौतारी

आगलागी पीडितलाई तत्काल ५० हजार दिने तयारी

A A- A+

काठमाडौँ । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ ।

 

आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ ।

 

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण सङ्कलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् ।

 

शुक्रबार बसेको राष्ट्रिय सभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृह सचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?