काठमाडाैं | अफ्रिकी देश नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी-नडैतवाह निर्वाचित भएकी छन् । नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन् ।
यसअघि नन्दी–नडैतवाहले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्।
राष्ट्रपति निर्वाचनमा उनले ५७ प्रतिशतभन्दा बढी मत ल्याएकी हुन् । उनका प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याए ।
नामिबियाको अखबारका अनुसार मंगलबार साँझ नामिबियाको राजधानी विन्डहोकका अधिकांश विपक्षी दलहरूले चुनावी नतिजा बहिष्कार गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच