काठमाडौं- आईसीसी टी-२० विश्वकप को एशिया क्वालिफायरअन्तर्गतको खेलमा मंगोलिया केवल १० रनमै अलआउट भएको छ ।
बिहीबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्रै बनाएर अल आउट भएको थियो ।
मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भए भने २ जनाले २-२ रन बनाए।
अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाए ।
मंगोलियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिए ।
त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
टी-२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन बनाएको थियो ।
टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिङमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै वर्ष बनाएको हो । मंगोलियाले यसअघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच