सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने भएको छ । अपराह्न ५ बजे कार्यदलको बैठक बस्न लागिएको एकालेबाट कार्यदल सदस्य रहेका महेश बर्तौलाले रातोपाटीलाई बताए ।
बर्तौलाका अनुसार टीओआरमा सहमतिको मिलनबिन्दु खोजिनेछ । यसअघि बिहान बालुवाटारमै बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा टीओआरमा सहमति नजुट्दा बैठक विनानिष्कर्ष टुंगिएको छ ।
कांग्रेसले टीओआरमा समस्याग्रस्त सहकारीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम, संस्था र पद उल्लेख गर्नुपर्ने अडानमा छ । सत्तापक्ष विपक्षमा उभिएका छन् । मंगलबार संसद्मा पेश हुने बजेट सहमतिमा नै ल्याउन सत्तापक्षले कांग्रेसलाई मनाउने प्रयास जारी राखेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच