नागरिकको मृत्युमा सरकारको विभेद : गुड्दा मारिएकाका परिवारलाई शव पनि छैन, उड्दा मारिए राष्ट्रिय शोक

national sarrow - 1

नागरिकको मृत्युमा सरकारको विभेद : गुड्दा मारिएकाका परिवारलाई शव पनि छैन, उड्दा मारिए राष्ट्रिय शोक

अर्थ चौतारी

नागरिकको मृत्युमा सरकारको विभेद : गुड्दा मारिएकाका परिवारलाई शव ...

A A- A+

पहिरोसँगै आएको लेदोमा बस बग्दा हराएका ६० यात्रुमध्ये २५ जना मृत भेटिए। अन्य यात्रु कहाँ छन् पत्तो छैन। विपद्मा उद्धार र खोजीको जिम्मेवारी पाएको सेना, प्रहरी अनि अझ विशेष सशस्त्र प्रहरीको जनशक्ति असफल भएपछि भारतबाटै गोताखोर मगाएर खोजी सुरु भए पनि उल्लेख्य उपलब्धि भएको छैन।

चितवनको सिमलताल पहिरोमा हराएका आफन्तको शवका लागि नागरिक शोकमा रहँदा केन्द्रमा दलहरू सरकार जोगाउने र आफ्नो नेतृत्वमा बनाउने राजनीतिक खेलमा व्यस्त थिए। अहिलेसम्म सरकारका कुनै मन्त्रीले पीडित परिवारलाई भेटेर सान्त्वना समेत दिएको छैन।

तर बुधबार पोखरा जान उडेको विमान विमानस्थल भित्रकै परिसरमा खसेर १८ जनाको मृत्यु भएको घटनामा शोक मनाउन सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बुधबारको मन्त्रिपरिषद् आकस्मिक बैठक बसेर पाँच सदस्यीय जाँचबुझ आयोग गठनको निर्णयसँगै शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

२०७९ मा काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान दुर्घटनामा ६८ यात्रुको निधन भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गर्दै एक दिन सार्वजनिक विदा नै दिएको थियो। नागरिकतहबाट सो विदाको आलोचना समेत भएको थियो।

सडकमार्गमा हुने ठूला दुर्घटनामा मारिने नागरिकप्रति सरकार सधैं असंवेदनशिल देखिँदै आएकोमा पटक(पटक आलोचना हुने गरेको छ। सरकारले नागरिक मरिँदा पनि उड्दा मारिएका हुन् या गुड्ँदा मारिएका हुन् भन्ने आधारमा व्यवहार गर्दै आएको भन्दै आलोचना भइनै रहेको छ। यसलाई बुधबार मन्त्रीपरिषद्ले गरेको निर्णयले समेत थप पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?