काठमाडौं । पर्सामा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४, प्रसौनी टोलका २२ वर्षीय सुवास हजरा दुसाद छन् ।
प्रसौनी टोलकै ५० वर्षीय ललाई हजरा दुसादको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) साँझ सुवासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
भैँसी चराउने क्रममा विवाद हुँदा सुवासले चक्कु प्रहार गर्दा ललाई हजरा गम्भीर घाइते भएका थिए । घटनापश्चात् उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा उनको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । त्यसपछि सुवासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच