अनन्त अम्बानीको बिहेमा प्रस्तुति दिन जस्टिन बिबरले कति लिए पैसा?

अनन्त अम्बानीको बिहेमा प्रस्तुति दिन जस्टिन बिबरले कति लिए पैसा?

अर्थ चौतारी

अनन्त अम्बानीको बिहेमा प्रस्तुति दिन जस्टिन बिबरले कति लिए ...

A A- A+

विश्वका धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले प्रस्तुति दिँदैछन्।अनन्त र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। ५ जुलाईमा अनन्त र राधिकाको संगीत समारोह हुनेछ। जसमा जस्टिनले आफ्नो प्रस्तुति दिनेछन्। जस्टिन बाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्। आफ्नो प्रस्तुति दिन जस्टिन बिहीबार भारत आइसकेका छन्। यसको लागि उनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक समेत लिएका छन्।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले ५० करोड भारू पारिश्रमिक लिने भएका छन्।राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।६२ वर्षीय मुकेश अम्बानी एसियाकै धनी हुन् । उनी उनको आलिसान घर, गाडी, रिलायन्स कम्पनी जस्ता विभिन्न सम्पतीका मालिक हुन् । उनको जीवनशैलीलाई अनुकरण गर्ने चाहाना धेरैको हुन्छ । मुकेश अम्बानीले बिरासतमा सम्पत्ति पाएका थिए भन्ने भ्रम धेरैमा पाइन्छ । तर, उनले आफ्ना पिता धीरुभाई अम्बानीबाट सफलताको मुलमन्त्र मात्रै पाएका थिए । धीरुभाई अम्बानीले आफ्ना दुई छोराहरु मुकेश र अनिलसँगै आफ्नो सपना पूरा गरेका थिए । जब धीरुभाई अम्बानी गुजराजबाट मुम्बई आएका थिए । त्यतिबेला उनले ५०० मात्र साथमा ल्याएका थिए । तर, कडा मेहेनत र लगनशीलताले गर्दा उनले छुट्टै एम्पाएर खडा गरे । जसलाई संसारमै एक सफल व्यक्तिको रुपमा चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?