कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिने भएका छन् । दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शप गराउने तय भएको छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह हिजो मुख्यमन्त्री नियुक्त भएका थिए । आज मुख्यमन्त्रीको शपथसँगै सरकार विस्तारको पनि तयारी भइरहेको छ ।
कांग्रेसले मुख्यमन्त्री र अन्य दुई मन्त्रालय साथै एमालेले ३ मन्त्रालय पाउने सहमति बनेको छ । एक मन्त्रालय नाउपालाई दिने गरी छलफल भइरहेको छ । कांग्रेस र एमाले मन्त्री छनोटको आन्तरिक तयारीमा जुटेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच