पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता

पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता

अर्थ चौतारी

पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली ...

A A- A+

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले सुरुवातमै पाँच विकेट गुमाएको छ ।

१५४ रनको पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले ३ ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि उसले थप २ विकेट गुमाउन पुगेको छ।

ओपनर दिनेश खरेल र कप्तान कुशल भुर्तेल दुवैलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।

३ ओभरको पहिलो बलमा दिनेश आउट भएका हुन् । उनले जम्मा १२ बल खेल्दा ३ चौकाको सहयोगमा १५ रन जोडे ।

त्यसपछि क्रिजमा आएका कुशल पनि धेरै समय टिकेनन् । ३ ओरभको पाँचौ बलमा तेस्रो बलको सामना गर्ने क्रममा उनी खाता नखोली आउट भए ।

दिनेश र कुशल आउट भएपछि ५.५ ओभरमा ४ बलमा १ रन बनाएको अवस्थामा दीलिप नाथ पनि आउट हुन पुगे छ ।

त्यसपछि पोखराका भरोसा एन्ड्रिज गौस पनि ७.४ ओभरमा आउट भए । उनी २१ बलमा ३६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे ।

त्यसैगरी जेन मल्लिक पनि केबल १० रनमै आउट भए ।

खेल १० ओभरमा आइपुग्दा पोखरा ५ विकेटको क्षतिमा ६७ रनको अवस्थामा छ । उसका लागि अहिले जेन मल्लिक र रायमन रिफायरले क्रिज सम्हालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?