धनगढी । कैलालीबाट विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–२ बस्ने ३३ वर्षीया बेला शाही थापा, ज्यान मुद्दामा २ वर्ष ११ महिना ११ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएको लम्की चुहा नगरपालिका–१ का २६ वर्षीय राजन चौधरी, हातहतियार खरखजाना मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको मोहन्याल गाउँपालिका–७ कुईने बस्ने ५७ वर्षीय कर्णबहादुर कामी र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–१ कै ४८ वर्षीय सुरेश शाही रहेका छन्।
फरार रहेका चारै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच