यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालसहित पाँच देशले गर्ने

यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालसहित पाँच देशले गर्ने

अर्थ चौतारी

यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालसहित पाँच देशले ...

A A- A+

काठमाडौँ- नेपालले आईसीसी यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ ।

यू-१९ एसिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?