काठमाडौं । बाढी पहिरोका कारण ललितर जिल्लाका विभिन्न ठाउँमा मात्रै ९ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार ९ जनाको शव फेला पर्नुका साथै ११ जना बेपत्ता भएका छन् । ‘बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँहरुमा ९ वटा शव भेटिएको छ, ११ जना बेपत्ता भएका छन्’ एसएसपी खनालले भने ।
उनका अनुसार अहिलेसम्म २८१ जनाको सकुशल उद्धार गरिएको छ । सानेपा क्षेत्रबाट ७७, नख्खु हार्मोनी कोलोनीबाट १४, नख्खिपोट क्षेत्रबाट १५, बुङ्मती क्षेत्रबाट ७५, चापागाउँ क्षेत्रबाट ५५, इमाडोल क्षेत्रबाट २८ र युएन पार्क क्षेत्रबाट १ जना गरी २८१ जनाको उद्धार गरिएको उनले बताए ।उद्धारमा प्रहरीका मात्रै ११ सय जनशक्ति परिचालन गरिएको उनले बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच