काठमाडौँ । लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण आगामी माघ ४ गतेबाट हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे र भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम आउने शोका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए । निर्देशक पौड्यालका अनुसार यसपटक पनि गएका सिजनहरुजस्तै बिभिन्न राउण्ड कायमै रहेका छन् । साथै यसपटक केहि कोच परिवर्तन भएका छन् । यसपटक लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका मेलिना राई नयाँ कोचको रुपमा भित्रिएका छन् भने यसअघि कोच बनिसकेका राजु लामा र उदय सोताङ पनि छन् । ब्लाइण्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच