सरकारले प्यारालम्पिकमा काश्य पदक विजेता पलेशालाई दियो ६५ लाख पुरस्कार

सरकारले प्यारालम्पिकमा काश्य पदक विजेता पलेशालाई दियो ६५ लाख पुरस्कार

अर्थ चौतारी

सरकारले प्यारालम्पिकमा काश्य पदक विजेता पलेशालाई दियो ६५ लाख ...

A A- A+

काठमाडौं, २८ भदौ । सरकारले प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिएको छ । आज (शु्क्रबार) सरकारले डिजिटल माध्यमद्वारा उनको खातामा सो रकम जम्मा गरिदिएको हो ।

प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्यारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशालाई कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका थिए।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्यारालम्पिकमा काश्य पदक विजेता पलेशलाई आज प्रधानमन्त्री ओलीले कदरपत्रसहित सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?