दाङमा डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

दाङमा डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

अर्थ चौतारी

दाङमा डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

A A- A+

दाङ- दाङमा लगातार परिरहेको पानीका कारण बस्ती डुबानमा पर्न थालेका छन्। राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेकाे हाे।बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ। सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन्।लगातार पानी परिरहेकाले स्थानीय खहरे खाेलामा जलसतह बढेकाे छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँकाे भवन पनि डुबानमा परेकाे छ। कार्यालयकाे सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएकाे छ। नदी तटीय क्षेत्रमा डुबान र कटानकाे जाेखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?