भदौ ३१ गते संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

भदौ ३१ गते संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

अर्थ चौतारी

भदौ ३१ गते संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

A A- A+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३१ गते संसद्‌मा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री भएपछि उनलेले विश्वासको मत माग्ने र प्रश्नोत्तरमा सहभागी हुनेबाहेक पहिलोपटक समय लिएर सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली आउँदो असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि त्यसबारे संसद्लाई जानकारी गराउँदै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

“प्रधानमन्त्रीज्यू राष्ट्रसंघीय महासभामा सहभागी हुन असोज ४ गते त्यसतर्फ जाँदै हुनुहुन्छ, सदन जारी रहेको अवस्थामा त्यसको जानकारी गराउने अभ्यासअनुरूप सम्बोधन गर्न लाग्नुभएको हो,” नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भने, “प्रधानमन्त्रीको सम्बोधन हुने भएपछि स्वाभाविक रूपमा समसामयिक विषयहरू पनि सम्बोधनमा आउने भए ।”

प्रधानमन्त्रीले संसद्‌मा आएर गर्ने सम्बोधनलाई कार्यकारी व्यवस्थापिकाप्रति र संसद्‌मार्फत नागरिकप्रति उत्तरदायी भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?