शिक्षा मन्त्रीको वार्ता आह्वान, सिंहदरबार गेटमै रोकिए शिक्षकहरू

शिक्षा मन्त्रीको वार्ता आह्वान, सिंहदरबार गेटमै रोकिए शिक्षकहरू

अर्थ चौतारी

शिक्षा मन्त्रीको वार्ता आह्वान, सिंहदरबार गेटमै रोकिए शिक्षकहरू

A A- A+

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरे पनि वार्ता हुन सकेन। सर्वोच्च अदालतले शिक्षकहरूको माग तीन दिनभित्र सम्बोधन गर्न आदेश दिएपछि शुक्रबार दिउँसो मन्त्री पन्तले महासंघलाई वार्तामा आउन विज्ञप्ति मार्फत आह्वान गरेका थिए।

शिक्षक महासंघले मन्त्रीको आह्वानलाई सकारात्मक रुपमा लिँदै केही नेताहरूलाई वार्ताका लागि पठाएको थियो। तर सिंहदरबारको दक्षिणी गेटमा प्रहरीहरूले पास नभएको भन्दै महासंघका नेताहरूलाई प्रवेश गर्न रोकिदिए।

शिक्षा मन्त्री पन्त त्यतिबेला वार्ताको प्रतीक्षामा मन्त्रालयमा बसिरहेका थिए। मन्त्रीले मन्त्रालयका सहसचिव कृष्णप्रसाद काफ्लेलाई पास सहजीकरणका लागि आग्रह समेत गरेका थिए। तर शिक्षक महासंघका धेरैजसो नेताहरूको नाम सिंहदरबार प्रवेश सूचीमा नरहेको भन्दै प्रहरीले भित्र छिर्न दिएन।

यस विषयमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको दाबी गरे।

‘वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं, तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं,’ उनले लेखेका छन्।

यस घटनाले सरकार र शिक्षकहरूबीचको संवाद अझै अन्यौलमा परेको छ।

edubarta-1745578110.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?