काठमाडौं । टीकटक कम्पनीले नेपालीको लागि जागिर खुला गरेको छ । कम्पनीको आधिकारिक वेबसाइटमा बताइए अनुसार सार्वजनिक नीति व्यवस्थापक अर्थात् पब्लिक पलिसी म्यानेजरको पद टीकटक कम्पनीले खुला गरेको हो ।
तर, जागिरको मुकाम भने नेपाल नभएर दुबईमा हुनेछ । विश्वभर ११ स्थानमा कार्यालय भएको टीकटकको मुख्यालय सिंगापुर र लस एन्जलसमा छन् भने अरु कार्यालयहरु दुबई, सिओेल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन र न्यू योर्कमा छन् ।
नेपाल हेर्ने एक मुकाम दुबई भएकोले दुबईमा आधार भएको कार्यालयमा नेपाल मामिला हेर्ने कर्मचारी टीकटकले खुला गर्न लागेको देखिएको छ ।
सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायसँग जोडिएर काम गरेको अनुभव भएको, गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव भएको तथा नेपाली र अंग्रेजी लेखन, पठनमा पोख्त हुनुपर्ने लगायतका योग्यताहरु टीकटकले तोकेको छ ।
तर, तलबसुविधा र अरुको बारेमा भने टीकटकले खुलाएको छैन । अनलाइन आवेदन दिन सकिने जागिरमा टीकटकले पैसा लिएर लिएको रिफरल नराख्न आग्रह गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच