राज्यमन्त्री कान्छारामले आतङ्क मच्चाएको रामेछाप कांग्रेस सचिवको आरोप, भण्डाफोर गर्ने चेतावनी

राज्यमन्त्री कान्छारामले आतङ्क मच्चाएको रामेछाप कांग्रेस सचिवको आरोप, भण्डाफोर गर्ने चेतावनी

अर्थ चौतारी

राज्यमन्त्री कान्छारामले आतङ्क मच्चाएको रामेछाप कांग्रेस सचिवको आरोप, भण्डाफोर ...

A A- A+

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीबीच असन्तुष्टि बढ्दै गएको छ । पार्टीको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले निरङ्कुशता लाद्न खोजेको आरोप छ । कान्छारामले कसैसँग सल्लाह नगरी एकलौटी ढंगले निर्णय गर्ने, हस्तक्षेप गर्ने, पदाधिकारीको मर्यादामा समेत असर पर्ने किसिमको गतिविधि गर्ने कांग्रेस रामेछाप जिल्ला सचिव दीपक खड्काको आरोप छ ।

‘कान्छारामले विना सल्लाह एकलौटी ढंगबाट कार्य गर्ने, सचिवहरुको अधिकारभित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मर्यादामा समेत असर पर्ने कार्यगरी एकलौटी तबरबाट आफू सभापति हुनेबित्तिकै पार्टीको सबै कार्य गर्ने आफैं भएको महशुस गरी विधानविपरीत तानाशाही प्रवृत्तिको साथ अगाडि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण कांग्रेस शुभचिन्तकहरुलाई तानाशाही कार्यका विरुद्ध लाग्न अनुरोध गर्दछु,’– सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कान्छारामले एकलौटी ढंगले निर्णयगरी भोलि (भदौ २४ गते) १११औं वीपी जयन्ती गर्ने भनी परिपत्र गरेको थाहा पाएको भन्दै उनले त्यसको विरोध गर्नसमेत अपिल गरेका छन् । तत्काल बैठक बसी पार्टीमा देखिएको समस्या समाधान गर्न गम्भीर छलफल नगरी कुनै पनि कार्यक्रम हुन नदिने उनको चेतावनी छ । कान्छारामले रामेछाप कांग्रेसलाई एकढिक्का रुपमा अगाडि बढाउने प्रतिवद्धता नगरेसम्म विरोध गर्न उनले आग्रह गरेका छन् । उनले भोलिको कार्यक्रम जबरजस्ती गर्न खोजे विद्रोहको नारालगायत विभिन्न दवाबमूलक गतिविधिमा सहभागी हुन आग्रह गरेका छन् ।

कान्छाराम संघीय सरकारमा उर्जा राज्यमन्त्री छन् । उनी विवादित ठेकेदार हुन् । उनको अधिकांश ठेक्का लथालिङ्ग छ । राज्यबाट अग्रिम पेश्की लिएर उनले काम नगर्ने गरेको आरोप छ । कान्छारामले आफ्नो ठेक्काजस्तै रामेछाप कांग्रेसलाई लथालिङ्ग पारेका छन् । रामेछाप कांग्रेसलाई पनि ठेकेदारी प्रथामा चलाउन खोज्दाखेरी जिल्ला समिति पनि उनले लिएको ठेक्काजस्तै अलपत्र छ । रामेछाप कांग्रेसको बैठकमा बेला–बेला कुटाकुटसमेत हुनेगरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?