उच्च तरलताले बैंकहरुमा पैसा राख्ने ठाउँ भएन, राष्ट्र बैंकले आजै एक खर्ब रुपैयाँ तान्दै

उच्च तरलताले बैंकहरुमा पैसा राख्ने ठाउँ भएन, राष्ट्र बैंकले आजै एक खर्ब रुपैयाँ तान्दै

अर्थ चौतारी

उच्च तरलताले बैंकहरुमा पैसा राख्ने ठाउँ भएन, राष्ट्र बैंकले ...

A A- A+

काठमाडौं । बैंकिङ क्षेत्रको उच्च तरलताको समस्या अझै समाधान भएको छैन । अझै पनि बैंकहरुमा पैसा फालाफालको अवस्था रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा उच्च तरलता भएपछि त्यसको व्यवस्थापनको लागि आजै १ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट उठाउँदै छ । २१ दिने निक्षेप बोलकबोल माध्यमबाट उक्त रकम उठाउन लागेको हो ।

आज दिउसो तिन बजे बोलकबोल हुने निक्षेपको साँवा ब्याज भुक्तानी असोज १३ गते हुनेछ ।

निक्षेप संकलन उपकरणका बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

चालु आर्थिक वर्षको साउन यता ८ पटक केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २ खर्ब ४६ अर्ब ४० करोड रुपैयाँ बैंकिङ प्रणालीबाट तानिसकेको छ । आज बोलकबोल हुने निक्षेप साउन यता ९ औ पटक उठाइन लागेको हो ।

पछिल्लो समय कर्जाको ब्याजदर सस्तिएपनि कर्जा प्रवाह हुन सकेको छैन । निक्षेप संकलन बढेको बढ्यै तर कर्जा प्रवाह सुस्त हुँदा बैंकहरुलाई निक्षेप व्यवस्थापनमा सकस भएको छ । यसै सकसको अल्पकालीन समाधानको लागि केन्द्रीय बैंकले निक्षेप तानिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?