बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने

बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने

अर्थ चौतारी

बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग ...

A A- A+

नयाँ दिल्ली- नेपालको छिमेकी भारतीय राज्य बिहारमा हरेक साल आउने बाढीसँग जुध्न भारत सरकारले ठूलो बजेट छुट्याएको छ ।भारत सरकारका लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट भाषण गर्दै कोशीको बाढीबाट बिहारलाई जोगाउन बजेट छुट्याएको बताइन् । मंगलबार लोकसभामा बजेट भाषणका क्रममा वित्तमन्त्रीले बिहारलाई बाढीबाट जोगाउन विशेष योजना अघि सारिने बताइन् । उनले बजेट भाषणका क्रममा नेपालको तर्फबाट बाढी नियन्त्रणको काममा ध्यान दिइने बताइन् । उनले बिहारमा रहेका सिँचाइ परियोजनालाई बाढीबाट जोगाउन केन्द्र सरकारबाट ठूलो लगानी गर्ने बताइन् । यसका लागि ११ हजार ५०० करोड रुपैयाँको बजेट छुट्याएको जानकारी उनले दिइन् । यसमा कोशी-मिची इन्स्ट्र स्टेट लिङ्क, ब्याराज निर्माण र नदी प्रदूषण अन्त्यका लागि लगानी गरिने बताइन् । उनले कोशीको बाढीबाट बिहारलाई मुक्त गर्न अब सर्भे थालिने बताइन् । नेपालबाट आउने बाढी नियन्त्रण प्रणाली निर्माणमा पनि लगानी गरिने उनले बताइन् । वित्त मन्त्री सीतारमणले बिहारमा हरेक वर्ष नेपालबाट आउने बाढी नियण्त्रणका लागि ‘कन्ट्रोल सिस्टम’ बनाउने घोषणा गरिन् । वित्तमन्त्री सीतारमणले बजेट भाषणका क्रममा नेपालबाट आउने बाढी रोकथाम र नियन्त्रणका लागि सरकारी तहमा वार्ता अघि बढाउने पनि बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?