एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी

एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी

अर्थ चौतारी

एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी

A A- A+

काठमाडौं राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?