नागढुंगा-नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नागढुंगा-नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

अर्थ चौतारी

नागढुंगा-नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग ...

A A- A+

काठमाडौँ । धादिङबाट काठमाडौँ आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा-नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ ।

नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ ।

 

यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ । यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौँबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौँ आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के-सितापाइला सडक प्रयोग गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?