देउडा गीत मार्फत नेपाली कला क्षेत्रमा उदीयमान पर्वत

देउडा गीत मार्फत नेपाली कला क्षेत्रमा उदीयमान पर्वत

अर्थ चौतारी

देउडा गीत मार्फत नेपाली कला क्षेत्रमा उदीयमान पर्वत

A A- A+

काठमाण्डौ । पछिल्लो समयमा तिज लगायत विभिन्न चाड पर्बको अवसरमा नेपाली सांगीतिक बजारमा छाडा गित आउदा पनि पर्बत जैगडी भने आफ्नै लोकभाका गित गाएर उदाएका छन ।

अहिले मात्रै देउडा गितको क्षेत्रमा उनको राजाको दरबार नामक गित सार्बजनिक भएको छ ,नेपाली समाजमा जनैपूणिर्मा देखि चाड,पर्बले प्रवेश गरे संगै प्रभातले रोग,शोक र अभावले ग्रसित आम नागरिकको जनजीवनलाई प्रभावित पार्ने गरि गित सार्वजनिक गरेका हुन ।

आफ्नै गाउँ बस्तिको परिवेश ,रहन सहन र जिवनशैलीका बारेमा मन मस्तिष्कमा बास बस्ने गरि काल्पनिक भन्दा पनि समाजमा देखिएका सबै खाले समस्य र समाधानका उपायका बारेमा पर्बत जैगडिले शब्द लय हालेर नेपाली सांगीतिक क्षेत्रमा लोक देउडा भाका मार्फत आफ्नो छुट्टै पहिचान बनाउन मेहनत गरिरहेका छन ।

प्रभात जैगडिले २०७७ साल असोज २ गते आएको बिनासकारी बाढीले गर्दा अछामस्थित रामारोशन गाउँ पालिका वडा नम्बर ५ को शैनिबजार बगाउदा ब्यपारी र सर्बसाधारण लगायत १७ जनाको मृत्युको घटनालाई लिएर बनाएको गित निकै मार्मिक मात्रै होईन सुन्न र हेर्न लायक नै थियोे ।

लोक देउडाको क्षेत्रमा २०७७ सालमा पर्बत जैगडिको रामारोशन घटनाका बारेमा बजारमा आएको गितले निकै चर्चा मात्रै कमाएको थिएन हृदय बिदारक घटनाको बारेमा जानकारी पनि दिएको थियो ।

अछाम जिल्लाको पर्यटन प्रबर्द्धनका लागि रामारोशन प्रबेश गेटमा र रामारोशन ताल र समग्र सुदुरपश्चिमका लागि कर्णाली पुल नसुकै हजारी फुल र सेती महाकाली अपि सैपाल नामक गितहरुको माध्यम बाट पर्बत निकै उत्साहित बनेका थिए ।

थोरै माया प्रेमका गित धेरै आम नागरिकले भोग्दै आएका समस्याका बारेमा प्रभात आफ्नो कला अनि कर्णप्रीय गलाको माध्यम बाट आवाज उठाउदै आएका छन । राष्ट्र भक्तिले ओतप्रोत गित पनि उनको रोजाईको क्षेत्र हो । कहाँ झुक्यो नेपालीको शिर भन्ने बोलको गितले देश र जनताको लोक गाएकको रूपमा पर्बत जैगडिलाइ निकै स्थापित गर्न मद्दत पुगेको छ ।

पर्बत जैगडिले तीन वटा फिल्म करिब १ सय ५० वटा गित रेकर्डिङ र त्यसैको हाराहारीमा आफ्नो स्वर दिएर नेपाली लोक देउडाको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएका छन ।

अछाम जिल्लाको भौगोलिक रूपमा बिकट मानिएको रामारोशन गाउँ पालिका वडा नम्बर ६ भटाकाटिया पुदुमा २०४३ साल असार ३ गते बुवा धनबहादुर बि क र आमा झुप्री देबि बिकको कोखबाट जन्मेका पर्बत तीन बर्षको उमेरमा आमाको निधन पछि टुहुरो बने भने उनको कान्छी बहिनी ८ महिनाको मात्रै थिइन ।

तीन बर्षको दुधेबालकले आमाको माया ममता बाट बिमुख हुनको पीडा त प्रभातलाइ थियो नै त्यो भन्दा ठुलो पीडा आफ्नो ८ महिनाको बहिनीले आमा भनेर रुदै कराउदै गरेको चिच्याहट्ले निकै सताएको थियोे । यस्तै पिडालाइ सम्बोधन गर्न बाउ धनबहादुर र दिदि चौठिलाइ निकै हम्मे हम्मे परेको थियोे ।

पुदु आधारभुत बिधालय भटाकाटियामा पढ्दै देखि तीखो बुद्धि चुलबुले स्वभावले पनि उनलाई दुख मात्रै दिएको तितो अनुभव सुनाउछन पर्बतले । जातीय उत्पीडनको पिडा मात्रै होइन पर्बतले सहनु परेको बिधालयमा उत्कृष्ट काम गरे बाफत टुहुरा, गरिब त्यसैमा दलितले यस्तो काम गर्ने भनेर हिलोहोचो गर्नेको कुनै कमि थिएन ।

दुख,कष्ट र पीडा के हो प्रभातलाइ राम्रोसँग थाहा छ,मेहनत गरे पछि जस्तोसुकै कठिन काम पनि सजिलै गर्न सकिने बताउने प्रभात जो जता छौ त्यसै क्षेत्रमा काम गरौ सफलताको शिखर चुम्न कसैले रोक्न सक्दैन । हुने बिरुवाको चिल्लो पात भने झै अहिले पर्बत जैगडि नेपाली लोक देउडा गित संगीतको क्षेत्रमा निकै ब्यस्त कलाकारको रूपमा बजारमा भेटिन्छन् । नेपाली कलाकारिताको बिकास संरक्षण र प्रबर्द्धनमा राज्यको ध्यान नगएको आम कलाकारको गुनासो संग उनी सहमत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?