सन् २०२३ मा जापानको बाह्य सम्पती पुग्यो ३ ट्रिलियन अमेरिकी डलर

सन् २०२३ मा जापानको बाह्य सम्पती पुग्यो ३ ट्रिलियन अमेरिकी डलर

अर्थ चौतारी

सन् २०२३ मा जापानको बाह्य सम्पती पुग्यो ३ ट्रिलियन ...

A A- A+

 

जापानको वाह्य सम्पती २०२३ मा रेकर्ड ४७१.३१ ट्रिलियन येन (३ ट्रिलियन अमेरिकी डलर) मा पुगेको छ। जुन एक वर्ष अघिको तुलनामा १२.२ प्रतिशतले बढेको हो। कमजोर येनले विदेशी स्टक, बन्ड र येन शर्तमा अन्य होल्डिङको मूल्य बढाएको कारण वाह्य सम्पती बढेको जनाइएको छ।

यो संख्यालगातार छैटौं वर्ष बढ्दै जाँदा, जापानले येनको हिसावले लगातार ३३ औं वर्ष विश्वको सबैभन्दा ठूलो ऋणदाताको रूपमा आफ्नो स्थान कायम राखेको छ। त्यसपछि २०२३ को अन्त्यसम्म जर्मनी र चीन छन्।

जापान सरकार, कम्पनीहरू र व्यक्तिगत लगानीकर्ताहरूको कुल बाह्य सम्पती ११.१ प्रतिशतले बढेर १ हजार ४८८.३४ ट्रिलियन येन पुगेको छ । जबकि वाह्य ऋण १०.६ प्रतिशतले बढेर १ हजार ०१७.०४ ट्रिलियन येन पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?