काठमाडौँ। नेकपा (एमाले) का सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव फणिन्द्रराज पाठकलाई नेपालको संविधानको अपमान गरेको भन्दै तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गैरेले शनिबार सार्वजनिक गरिएको संवेदना सन्देशको कडा आलोचना गरे। फणिन्द्र पाठकको नामबाट जारी सन्देशमा 'श्री ५ महाराजधिराज वीर विक्रम शाह देवबाट बक्सिएको शुभकामना' भन्ने शब्द प्रयोग भएकोप्रति उनले आपत्ति जनाएका हुन् ।
"नेपालको संविधान र गणतान्त्रिक व्यवस्थामा 'श्री ५ महाराजधिराज' भन्ने कुनै हैसियत छैन," गैरेले आक्रोश पोख्दै भने, "यो संसदको सर्वोच्चता र कानुनी राज्यप्रति गरिएको खुला अपमान हो।"
सांसद गैरेले पूर्वराजालाई सम्मानपूर्वक नागरिक हैसियत दिइएको स्मरण गराउँदै भने, "संविधानमाथि प्रहार गरेर कोही पनि विशेष बन्न सक्दैन।" उनले सो घटनालाई गम्भीरता पूर्वक लिँदै संवाद सचिव फणिन्द्र पाठक र ज्ञानेन्द्र शाह दुबैलाई संविधान बमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच