आप्रवासी र गाजासम्बन्धमा बाइडेनको निति अगाडि बढाइने : उपराष्ट्रपति ह्यारिस

Democratic presidential nominee Vice President Kamala Harris speaks at a campaign rally in Savannah, Ga., Thursday, Aug. 29, 2024. (AP Photo/Jacquelyn Martin)

आप्रवासी र गाजासम्बन्धमा बाइडेनको निति अगाडि बढाइने : उपराष्ट्रपति ह्यारिस

अर्थ चौतारी

आप्रवासी र गाजासम्बन्धमा बाइडेनको निति अगाडि बढाइने : उपराष्ट्रपति ...

A A- A+

सवाना, संयुक्त राज्य अमेरिका, १४ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफु राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताएकी छिन्।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

“मलाई विश्वास छ सीमा प्रवेशमा परिणाम आउनेगरी कडाइ गर्नुपर्छ । हामीसँग कानुनहरू छन्, यसको पालना गर्नुपर्छ र आप्रबासी तथा शरणार्थी समस्यालाई व्यवस्थित गर्नुपर्छ ।

राष्ट्रपति निर्वाचित भएमा मैले हाम्रा विद्यमान् कानूनहरूलाई लागू गर्नेछु,” ह्यारिसले सीएनएनसँगको अन्तवार्ताका क्रममा उद्घोष गरिन्।

उनले गाजायुद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताइन्।

यद्यपि, ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने र ‘यो युद्ध अन्त्य गर्ने’ समय आएको दाबी गरिन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?